आज सुन चाँदीकाे मूल्य बढ्याे, तोलाको कति पुग्यो ?

२२ असार, काठमाण्डौ। साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य तीन सय रुपैयाँ बढेर प्रति तोला ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १३ सय २० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।

[sidebar name="button post"]