आजदेखि ६० देखि ६४ उमेर समूहकालाई ‘भेराेसेल’ खाेपकाे दाेस्राे मात्रा लगाउन सुरु

२२ असार, काठमाण्डौ। कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहकालाई आजदेखि दोस्रो मात्रा दिइने भएको छ।

देशभरका तीन हजार ८९७ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले आफूलाई पायक पर्ने केन्द्रमा गएर दोस्रो मात्राको खोप लगाउन सक्ने जनाइएको छ।

देशभर गत जेष्ठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाइएको थियो। सो खोपको पहिलोमात्रा लगाउनेको संख्या तीन लाख ७० हजारको हाराहारीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै खोप आपूर्तिका लागि चीनको बेइजिङ्गस्थित सिनोफार्मसँग भएको खरिद सम्झौता अन्तर्गत असार २४ गतेदेखि खोपको आपूर्ति हुने र त्यसपछि साप्ताहिक रुपमा खोप आपूर्ति हुने तथा लगाउँदै जाने पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ।

[sidebar name="button post"]