सानेपामा एक भारतीय नागरिकको हत्या

२० असार, काठमाण्डौ। ललितपुरको सानेपास्थित गुसिटोलमा एक भारतीय नागरिकको हत्या भएको छ। हम्मर प्रहार गरेर ५९ वर्षीय सत्यनारायण पारिकको हत्या भएको हो ।

झ्यालबाट कोही व्यक्ति घरमा प्रवेश गरेर उनलाई हम्मर प्रहार गरेको हुनसक्ने ललितपुर प्रहरीले जनाएको छ। अन्तिम पटक पारिकले शुक्रबार साँझ एक जनासँग कुरा गरेका छन् । त्यसपछि कसैसँग सम्पर्क भएको नदेखिएको प्रहरीले बताएको छ।

प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ । पोष्टमार्टमपछि मृत्युको समय र कारणबारे खुल्नेछ ।

[sidebar name="button post"]