आज असार २० गते आइतबार, कस्तो छ तपाईंको राशिफल ?

आज मिति वि. सं. २०७८ साल असार २० गते। आइतबार। आजको तपाईंको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries):

तपाईं सबै काम उत्साह र उमंगका साथ गर्नुहुनेछ। तन-मनबाट उर्जा र ताजा अनुभव होला। पारिवारिक वातावरण खुशीमय रहला। मित्र-आफन्तसँग आनन्दमय समय बिताउनुहुन्छ। आमाको तर्फबाट लाभ होला। धन-लाभ ,उत्तम भोजन र उपहारले प्रफुल्लित रहनुहुन्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus):

रिस र निराश भावनाले मन ग्रस्त रहनेछ। शारीरिक स्वास्थ्यले साथ दिनेछैन। घर-परिवारको चिन्ताको साथै खर्चको मामिलामा चिन्तित रहनुहुन्छ। तपाईंको उग्र बोली कसैसँग मनमुटाव र झगडाको कारण बन्नेछ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini):

परिवारमा खुशी र आनन्दको माहोल रहला। पेसा-धन्दामा लाभको खबर प्राप्त होला। उच्च पदाधिकारीले तपाईको कार्यको प्रसंशा गर्नेछन्। वैवाहिक योग छ। स्त्री मित्रबाट लाभ मिल्नेछ। आय वृद्दि हुनुको साथै दाम्पत्यजीवन माधुर्य आनन्द रहला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer):

घरको सजावटमा विशेष ध्यान दिनुहोला। नयाँ घरेलु सामान खरिद गर्नुहुनेछ। व्यापारी र कर्मचारीले लाभ प्राप्त गर्नेछन् तथा पदोन्नति होला। पारिवारिक माहोल सुख-शान्तिपूर्ण रहनेछ। सरकारी लाभ मिल्नेछ। सबै काम स्वस्थ र सरलपुर्वक पूरा होला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo):

स्वभावमा उग्रता र क्रोध रहनाले काम गर्न मन लाग्नेछैन। तपाई झगडाको मुख्य कारण हुनुभएकोले अरुको रिस झेल्नु पर्ला। तपाईंले आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्ने हुन्छ। धार्मिक यात्राको आयोजन होला। नसोची निर्णय लिदा घाटा हुन सक्ला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo):

नयाँ काम सुरु गर्न लाभदायक दिन छैन। बाह्य खाद्यपदार्थ खानाले स्वास्थ्यमा असर होला। रिस नियन्त्रण गर्नको लागि मौन रहनुहोला। अत्यधिक पैसा खर्च हुने योग छ। तपाईंले आगो र पानीबाट दुरी बढाउनु पर्दछ। अनैतिक वा सरकार विरोधि प्रवृत्तिले समस्या निम्त्याउन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra):

तपाईंको दिन प्रेम, मनोरन्जन र रमाईलोमा बित्न सक्छ। तपाईंले सार्वजनिक जीवनमा महत्त्व पाउनुहुनेछ। प्रसिद्धि र ख्याति वृद्धि हुनेछ। साझेदारसँग लाभको कुरा गर्नुहुन्छ। सुन्दर कपडा वा गहना खरिद गर्नु हुन्छ। स्वास्थ्य र मानसिक स्वास्थ्य स्वस्थ रहला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio):

तपाईं अनिश्चितता र खुशीका साथ घरमा समय बिताउनुहुनेछ। शारीरिक र मानसिक प्रसन्नताले काम गर्न उत्साह दिनेछ। कार्यालयका कर्मचारीको सहयोगमा धेरै काम सम्पन्न हुनेछन्। अधूरा कामहरु पूरा हुनेछन्। देवी लक्ष्मीको कृपाले उचित खर्चको तनाव बढ्नेछैन।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius):

यात्रा सकेसम्म स्थगित गर्नु नै ठिक हुनेछ। कार्य असफलताले निराशा उत्पन्न हुनेछ। पेटसँग सम्बन्धित बिरामीको कारण समस्यामा रहनुहुन्छ। बहस वा छलफलमा पर्नाले समस्या खडा हुनेछ। सन्तानको मामिलामा चिन्ता उत्पन्न होला। धन- प्राप्तिको लागि अनुकुल दिन छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn):

कुटुम्बिक झगडाले मन व्यथित रहनेछ। आमाको स्वास्थ्यले चिन्ता उत्पन्न होला। सार्वजनिक जीवनमा तपाईको मान-सम्मानमा हानि पुर्याउला। पर्याप्त निन्द्रा वा आराम नमिल्दा स्वास्थ्यमा समस्या होला। स्त्री मित्रबाट घाटा हुन सक्ला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius):

तपाईंको मनले राहत महसुस गर्नेछ। शारीरिक स्वस्थताले उत्साह बढ्ला। छिमेकी र भाईबहिनीसँग अधिक मेलमिलाप हुनेछ। घरमा मित्र र आफन्तको आगमनले माहोल आनन्दमय बन्नेछ। प्रिय व्यक्तिको भाग्य वृद्धि हुने योग छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces):

तपाईंलाई अत्यधिक खर्चले रिस उठ्नुको साथै बोलीमा ध्यान दिनुहोला। कसैसँग झगडा हुन सक्ला। आर्थिक मामिला वा लेन-देनमा सावधानी अपनाउनुहोला। पारिवारिक सदस्यसँग झगडा हुन सक्ला। नकरात्मक विचार मनमा छाईरहला।

राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस्।

[sidebar name="button post"]