मनसुनी वायुको प्रभाव कमजोर भए पनि केही दिन रहिरहने

देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले केही दिनयता देशका अघिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले विगत तीन दिनदेखि देशभर सामान्यदेखि पूर्ण बदली रहनाका साथै सबैजसो भूभागमा हल्कादेखि मध्यम तथा केही क्षेत्रमा भारी वर्षा भएको छ ।

केही दिनदेखिको निरन्तर वर्षा र बदलीले देशका कतिपय क्षेत्रमा प्राकृतिक विपत्ति तथा मानवीय क्षतिका दुःखद् घटना पनि भए । पछिल्लो तीन दिन लगातार बदली र वर्षा भयो कतिपय क्षेत्रमा भारी वर्षासमेत भएको छ ।

मनसुनी वायुको सक्रिय प्रभावले तीन दिनयता निरन्तर वर्षा र कतिपय स्थानभा भारी वर्षासमेत भएको छ, अबका दिनमा पनि मौसममा कहिले सुधार आउँछ भनेर यकिन भन्न सकिने अवस्था नरहेको र अघिल्ला दिनको तुलनामा मनसुनको कम प्रभाव हुने विश्लेषण गरिएको छ ।”

मनसुनको कम प्रभाव रहे पनि अझै देशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइन । अबका दिनमा दिउँसो र साँझपख मौसम खुले पनि खण्डितरूपमा पुनः बदली र वर्षाको सम्भावन रहिरहन्छ ।

काठमाडौँ उपत्यकाको हकमा विगत तीन दिनदेखि आंशिकदेखि पूर्ण बदली र हल्कादेखि मध्यम वर्षा भएको छ । महाशाखाको विवरणअनुसार आज काठमाडौँमा ६६ मिलीमिटर वर्षा भएको छ । हिजो शुक्रबार ४६ मिलीमिटर वर्षा भएको थियो । सबैभन्दा धेरै सिमरामा १५३, विराटनगरमा १०७, जनकपुरमा ८५, ताप्लेजुङमा ५८, भैरहवामा ५३ र पोखरामा ५५ मिलीमिटर वर्षा भएको छ ।

रातिको समयमा पनि यही मौसमी प्रणाली कायम रहनेछ ।

[sidebar name="button post"]