राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चीनबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउने

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको राजधानी बेइजिङबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउने भएको छ ।

सरकारको निर्णयअनुरुप चीनबाट खोप ल्याउनका लागि यही असार २४ गते (जुलाई ८ तारिख) वाइड बडी ए ३३० जहाज पठाउने तयारी गरिएको निगमले जनाएको छ । खोप लिएर निगमको जहाज भोलिपल्ट काठमाडौं फर्किनेछ ।

पहिलो उडानमा १० लाख मात्रा खोप ल्याउने गरी तयारीमा रहन निगमलाई निर्देशन दिइएको छ ।

[sidebar name="button post"]