वास्तुशास्त्रमा दिशाको निकै महत्व हुने गर्दछ। सही दिशा बस्तु राख्दा शुभ फल प्राप्त हुने विश्वास गरिन्छ। तर दिशा अशुभ हुँदा त्यसको असर घरका सदस्यमाथि पर्ने बताइन्छ।
घर अगाडी फोहोर पानी जम्ने स्थान रहनु हुदैन । अन्यथा वास्तुदोष उत्पन्न हुने गर्दछ । अझ पानी जम्ने भाग पश्चिम दिशातर्फ भए धनको हानी हुने तथा बदनामी हुने गर्दछ ।
घरको मुख्यद्धार सदैव सफा सुग्गर राख्नु पर्दछ अन्यथा परिवारका मुखिया समेत अन्य सदस्य शारीरिक र मानसिक रोगको शिकार हुने वास्तुको मान्यता छ ।
घरको मुख्यद्धारको सामुन्नेमा बिजुलीको खम्बा हुनु पनि उन्नतिको बाधक मानिन्छ । घरको मध्य भाग (ब्रह्मस्थान) सम्भव भए अनुसार खाली राख्नु पर्दछ । अन्यथा यहाँ कुनै भारी सामाग्री राखेमा वास्तु दोष हुने वास्तुको मान्यता छ ।
घर अघि डस्टबिन हुनु समेत वास्तु विज्ञान अनुसार कष्टकारी हुन्छ ।
उत्तर पूर्व दिशा (ईशान कोण) देवताको स्थान भएकाले यस दिशामा ट्वाइलेट वा सीढी हुनु एकदमै ठुलो वास्तुदोष मानिन्छ । यस्तो भएमा परिवारका सदस्यबीच मानसिक तनाव बढ्ने र रोगले सताउने मान्यता छ । साथै देव स्थानमा बनेको ट्वाइलेटकै कारण घरका महिलामा सन्तान सुखबाट बञ्चित हुने वास्तु शास्त्रको मान्यता छ ।
घर अघि बेलको रुख हुनु अझ उक्त रुखले घरको उचाई नाघ्नु हानिकारक मानिन्छ ।
यदि आग्नेय कोणमा भान्सा छैन भने यस कोणमा सदैव रातो रंगको मैनबत्ती बाल्नु पर्ने वास्तुको मान्यता छ । यसले परिवारका सदस्यको स्वास्थ्य राम्रो हुने मान्यता छ ।
घरको मुख्यद्धारको सामुन्नेमा बिजुलीको खम्बा हुनु पनि उन्नतिको बाधक मानिन्छ । वास्तुविज्ञान अनुसार घरको दलानभन्दा सडक अग्लो हुनु समेत कष्टकारी मानिन्छ ।
वास्तु शास्त्र अनुसार घरको दक्षिण पूर्व दिशा (आग्नेय कोण) बाहेक अन्यत्र भान्सा हुनु हुदैँन । अन्यथा परिवारका सदस्य अधिकतर बिरामी हुने र घरमा आम्दानी भित्र्याउने व्यक्ति बिरामी हुने मान्यता छ ।
कैयौं पटक खानपान र स्वास्थ्यको ख्याल र सावधानी गर्दा गर्दै पनि परिवारमा कोहि न कोहि बिरामी परिरहने हुन्छ ? यदि हुन्छ भने यसकालागि घरको वास्तु दोष जिम्मेदार हुने वास्तु शास्त्रको मान्यता छ ।










