१५ असार, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ४५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ३०२, ललितपुरमा १०० र भक्तपुरमा ५६ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा ४ हजार ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन्।
[sidebar name="button post"]









