१५ असार, काठमाण्डौ। आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन गत सोमबारको तुलनामा एक सय रुपैयाँले घटेर ९० हजार ६०० रुपैयाँमा झरेको हो ।
त्यस्तै तेजाबी सुनको मूल्य समेत आज प्रतितोला एक सय रुपैयाँले नै घट्दै ९० हजार १०० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी चाँदीको मूल्य भने गत सोमबारकै मूल्य कायम हुँदै आज मंगलबार पनि एक हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
[sidebar name="button post"]









