एजेन्सी। आफ्नो दिनचर्यामा अक्सिजनयुक्त खाद्य पदार्थलाई आफ्नो आहारको हिस्सा बनाउनुहोस् जसले रगतमा अक्सिजनको स्तर बढाउन सहयोग गर्छ । अल्कलाइनयुक्त डाइटले रक्त सञ्चारमा अक्सिजनको स्तर बढाउने गर्छ।
अल्कलाइनयुक्त खानाले शरीरको पीएच स्तरलाई सामान्य बनाउँछ साथै अंगलाई ठिक तरिकाले काम गर्न मद्दत गर्छ ।
रगतमा अक्सिजनको स्तर बढाउन कस्ता खानेकुरा खाने ?
भुइँकटर : भिटामिन ए, बी, सीले भरपुर भुइँकटरबाहेक नासपाती र किसमिसको पनि पिएच भ्यालू ८.५ हो । यो एन्टी अक्सिडेन्ट फलले रगतलाई नियन्त्रित गरेर रक्तचाप कम गर्न सक्छ ।
भेडेखुर्सानी : ८.५ पीएच भ्यालु र भिटामिन एले भरपुर भेडेखुर्सानी रोग र तनाव पैदा गर्ने फ्रि रेडिकल्सबाट लड्नमा मद्दत गर्छ ।
कागती : एसिडिक कागती अक्सीजनयुक्त फल हो जुन खाएपछि शरीरभित्र अल्कलाइनमा परिणत हुन्छ । रुघा–खोकी, फ्लू, छाती पोल्ने र भाइरल रोगमा यसको सेवन गर्दा यो लाभकारी हुन्छ ।
खरबुजा : ९ पिएच भ्यालुसहित सबैभन्दा धेरै अल्कलाइन भएको खरबुजा खाँदा रगतमा अक्सिजनको कमि पूरा हुन्छ ।
मेवा : मेवासहित आँपमा पनि पिएच भ्यालू ८.५ हो । यी दुबै फलले मृगौला सफा गर्ने काम गर्छ ।
किवी : रगतमा अक्सिजनको स्तर बढाउनका लागि किवी र फ्रुट जुस खानामा समावेश गर्नुहोस् ।
आरु : फाइबरले भरपुर आरुको पिएच भ्यालू ८ हो । रगतमा अक्सिजनको स्तर बढाउनका लागि निश्चित रुपमा आरुको सेवन तपाईंका लागि फाइदाजनक हुन्छ ।
गाजर : रगतमा अक्सिजनको कमीलाई पूरा गर्नका लागि एन्टी अक्सिडेन्टयुक्त गाजर, खजुर, पाकेको केरा, लसुन खानुहोस् ।








