१३ असार, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ४२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौका २९२, ललितपुरका १०० तथा भक्तपुरका ३२ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३४ जना संक्रमितको मृत्यु भएको छ।
देशभर हालसम्म ४० हजार ३३६ सक्रिय संक्रमित रहेका छन्।
[sidebar name="button post"]









