काठमाण्डौ उपत्यकामा थपिए २४९ जना कोरोना संक्रमित

१२ असार, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप २४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौका १८१, ललितपुरका ४३ तथा भक्तपुरका २५ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३० जना संक्रमितको मृत्यु भएको छ।

हाल देशभर ४२ हजार २४ सक्रिय संक्रमित रहेका छन्।

[sidebar name="button post"]