थप २०१६ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

१२ असार, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७०४ जनामा गरिएको पीसीआर परीक्षणमा ११७४ र ४८०६ जनामा गरेको एन्टिजेन परीक्षणमा ८४२ जनामा संक्रमण पुष्टि भएको हो ।

शनिबार देशभर ३० जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९ सय ७५ पुगेको छ।

यस्तै गत २४ घण्टामा ४ हजार ९ सय १४ संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। देशभर हालसम्म ४२ हजार २४ सक्रिय संक्रमित रहेका छन्।

[sidebar name="button post"]