तपाइको पनि उपरखुट्टी लगाएर बस्ने बानी छ ? हानिकारक हुनसक्छ है !

खासगरी आफुभन्दा ठूलाबडा, गन्यमान्य व्यक्तिको सामुन्ने ‘उपरखुट्टी लगाउनु’लाई शोभनिय मानिदैन ।

खासमा खुट्टा क्रस गरेर वा उपरखुट्टी लगाएर बस्नुसँग शिष्टचारको कुरा किनपनि जोडिएको रहेछ भने, यो स्वास्थ्यका लागि हानिकारक रहेछ ।उपरखुट्टी लगाएर बस्नुको हानिकारक प्रभाव शरीरमा पर्छ ।

यसरी उपरखुट्टी लगाएर बस्दा पेरोनोल नर्वमा दबाब पर्छ । साथै खुट्टाको नसामा त्यसले दबाब पैदा गर्छ । यसले मांशपेसीलाई संकुचित गराउँछ । र, अस्थायी प्यारालाइसिसको संभावना बढाइदिन्छ ।यसको असर खुट्टामा मात्र पर्ने होइन । यसले गर्दन र ढाँडमा समेत नकारात्मक असर पार्छ ।

भेरिकोज भेन्समा नसा बढेको हुन्छ । कुनैपनि नसा भेरिकोज भेन्स नै हुनसक्छ । तर सबैभन्दा प्रभावित नसा हाम्रो खुट्टा र खुट्टाको पञ्जामा हुन्छ । त्यही कारण उभिदा वा घुम्दा हाम्रो तल्लो भागको नसामा दबाब बढ्छ । भेरिकोज भेन्स सामान्यत छालाको सतहमा देखिने निलो नसा हो । कहिले काहीँ यसले गंभिर समस्याको रुप लिन्छ ।

हुन त चिकित्सकहरु अझैपनि यसमा स्पष्ट छैनन् कि, उपरखुट्टी लगाउँदा त्यसले भेरिकाज नसाको कारण बन्छ कि बन्दैन । यद्यपी अधिकांश चिकित्सकले के भन्ने गरेका छन् भने, उपरखुट्टी लगाएर बस्दा त्यसले रक्त प्रवाहमा नराम्ररी असर पुर्‍याउँछ ।

उपरखुट्टी लगाएर बस्दा घुँडाको ठिक विपरितको मांसपेशीमा दबाब पर्छ, जसले खुट्टाको तल्लो भाग र खुट्टामा उत्तेजना पैदा गर्छ । यदि हामी लामो समयसम्म यही पोजिसनमा बस्यौं भने खुट्टाको मांसपेशी कमजोर एवं शिथिल हुनपुग्छ । पछि यही कारण मांसपेशी दुख्ने समस्या पनि हुनसक्छ ।

जब हामी लामो समय उपरखुट्टी लगाएर बस्छौं । यो एक स्थितीको कारण बन्न सक्छ, जसलाई पेरोनेल नर्व पाल्सी भनिन्छ । यस्तो अवस्था आइसकेपछि खुट्टाको औंलाहरु ठिक ढंगले उठाउन सकिदैन । दक्षिण कोरियामा भएको एक अध्ययन अनुसार घण्टौंसम्म उपरखुट्टी लगाएर बस्दा अस्थाई पक्षघातको समस्या हुने जोखिम देखिन्छ ।

जब हाम्रो रक्तचाप जाँच गरिन्छ, त्यसबेला चिकित्सकले खुट्टालाई सामान्य पोजिसनमा राख्न भन्छ । उपरखुट्टी लगाएको अवस्थामा रक्तचाप जाँच गरिदैन । किनभने उपरखुट्टी लगाएर बस्दा रक्तचाप स्वत बढ्छ ।

यस पोजिसनमा लामो समय बस्दा पेल्भिक बोनको एक रोटेशन प्रभावित हुन्छ । यो हड्डी मेरुदण्डको हड्डीको आधार हो । यसमा दवाव परेपछि गर्दन र कम्मरको तल्लो भागमा दवाव पर्छ ।

[sidebar name="button post"]