११ असार, काठमाण्डौ। नेपाली बजारमा सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन गत बिहीबारकै मूल्य कायम हुँदै प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।
त्यस्तै तेजावी सुनको मूल्य ९० हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । तोलामा ५ रुपैयाँ बढेको चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
[sidebar name="button post"]











