Ad #144479

१० असार, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । तोलामा २०० रुपैयाँ घटेको सुन आज प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य भने प्रतितोला ९० हजार रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ ।