८ असार, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौका ३१०, ललितपुरका ९९ तथा भक्तपुरका ६७ जनामा संक्रमण पुष्टि भएको हो।
यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४१ जना संक्रमितको मृत्यु भएको छ।
त्यस्तै गएको २४ घन्टामा ४ हजार ९ सय ५४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने हाल देशभर ५२ हजार ६४८ सक्रिय संक्रमित रहेका छन्।
गत चौबीस घन्टामा १२ हजार २ सय ४ पीसीआर तथा ४ हजार ७ सय ९ एन्टिजेन परीक्षण भएको छ।












