Ad #144479

८ असार, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ७०३ र ४ हजार ७०९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१९ जना गरी ४ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै २४ घण्टामा देशभर ४१ जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ८ सय १३ पुगेको छ।

आज ४ हजार ९५४ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५२ हजार ६४८ रहेको छ । जसमध्ये ४९ हजार ४२५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २२३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संक्रमितमध्ये ७६१ जनाको आईसीयू र २१८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।