७ असार, काठमाण्डौ। नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले बढेर ९० हजार ४०० रुपैयाँ पुगेको हो ।
त्यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा चार सयले बढेर ८९ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।












