थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु

५ असार, काठमाण्डौ। पछिल्लो २४ घण्टा नेपालमा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार १० पीसीआर परीक्षणबाट १ हजार ६८८ र ४ हजार ६८६ एन्टिजेन परीक्षणबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ।

बितेको २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

[sidebar name="button post"]