थप २७६८ जनामा कोरोना पुष्टि, ४४ जनाको मृत्यु

४ असार, काठमाण्डौ। पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १३ जार ०३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १९६३ तथा एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै २४ घण्टामा थप ४ हजार २० जना संक्रमणमुक्त भएका छन् भने थप ४४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

[sidebar name="button post"]