काठमाण्डौ उपत्यकामा थपिए ५७० जना कोरोना संक्रमित

३ असार, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डौ जिल्लामा ४१३, भक्तपुरमा ३६ र ललितपुरमा १२१ जना संक्रमित थपिएका हुन्।

त्यस्तै देशभर पछिल्लो २४ घण्टामा थप २६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

त्यस्तै गत २४ घण्टामा ३९ जना संक्रमितको मृत्यु भएको छ भने २ हजार १४१ जना कोरोना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

[sidebar name="button post"]