३ असार, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ७ हजार ७११ पीसीआर परीक्षणबाट १ हजार ७६८ र ४ हजार ७७३ एन्टिजेन परीक्षणबाट ८३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै गएको २४ घण्टामा ३९ जना संक्रमितको मृत्यु भएको छ।
गत २४ घण्टामा २ हजार १४१ जना कोरोना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
[sidebar name="button post"]











