मेलम्ची बाढी : बेपत्ताको खोजी जारी

२ असार, सिन्धुपाल्चोक। अविरल वर्षाका कारण मेलम्ची नदीमा आएको बाढीका कारण अहिलेसम्मको विवरणमा ३१ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार १६ जना बेपत्ता भएको पुष्टि भएको छ भने एक पुरुषको शव फेला परेको छ ।

अन्य १५ जना अझै बेपत्ता छन् ।

[sidebar name="button post"]