आज असार १ गते मंगलबार, कस्तो छ तपाईंको राशिफल ?

आज मिति वि.सं.२०७८ साल असार ०१ गते । तपाईंको आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :

राजनीति तथा समाजसेवामा परिश्रम गरे अनुसार पद प्रतिष्ठा पाईने हुनाले मन प्रशन्न हुनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । मायाप्रेममा नजिक हुने समय रहेको छ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :

आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरी देख्न पाउँदा मन प्रशन्न रहनेछ । विवादित बिषयहरुको नतिजा तपाईं आफ्नै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईंले सुरु गरेको कामको दाजुभाई तथा छिमेकिबाट उच्च मुल्याङकन हुने ग्रहयोग रहेकोेछ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :

पहिले गरेका कामबाट मनग्गे आम्दानी हुनेछ । बिद्या तथा प्रतिस्पर्धीहरु हार खानेछन् । परिवारका साथ रमाईलो वातावरण तथा हासखेलमा समय बित्नेछ । पढाईलेखाईमा थोरै समय दिंदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :

राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । पढाईलेखाईमा अरुभन्दा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिनेछ भने जीवनसाथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :

विदेशमा भूमिमा बसेर काम वा अध्ययन गर्नेरुका लागि समय उत्तम रहेको छ । क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडी छोडेर अग्रपंतिमा आउन सकिनेछ सुख दुःखमा साथ दिनेहरु प्रशस्त भेटिनेछन् । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :

बुवाको धन परिचालन गरी लाभ लिन सकिनेछ । दाजुभाईको सहयोगले सवारीसाधन जोड्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मियताको विकास हुनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :

राज्य भावमा गोचर गर्ने चन्द्रमाले समाजसेवा तथा कल्याणकारी काम गर्न सकिने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । नोकरीमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । अध्ययन अध्यापनमा चाहेजस्तो प्रगती गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :

समयले साथ दिने हुँदा सानो प्रयत्नले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । धर्म तथा धर्म विस्तारको लागि समय दिनु पर्नेछ भने सस्कार परिवर्तनमा तपाईंको भूमिका महत्वपूर्ण हुनेछ । प्रशासनिक क्षेत्रमा तपाईको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :

कुटुम्ब तथा आफन्तसँगको आर्थिक कारोबारमा मिलाउंदै नयाँ कामको थालनी गर्न सकिने छ । अध्ययनमा ध्यान जानेछ भने कार्यक्षेत्रमा राम्रा काम गर्न सकिनेछ । पुराना समस्याहरु हल भएर जानेछन् । अध्ययन तथा कामको लागी यात्राकोे योग रहेको छ । आफन्त तथा दिदिबहिनीबाट तपाईको कामका सहयोग पाईनेछ । उपहार प्राप्तीको योगलाई नकार्न सकिदैन ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :

पढाईलेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशि रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :

विवाद तथा प्रतिष्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । आर्थिक अवस्था सुदृड बनाउने चालिने कदमहरु स्वत स्फूर्त रुपमा सकारात्मक दिशामा अगाडी बढ्नेछ । पढाईलेखाईमा भनेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । मायाप्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिने तथा जीवनसाथिसँग रमाईलो यात्राको प्रशस्त सम्भावना रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :

अध्ययनमा प्रशस्त समय दिन सकिनेछ भने नतिजा आफैंतिर ल्याउन सकिनेछ । तपाईंको ईमान्दारिताको कदर सबैले गर्नेछन् । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमतापुर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपहार प्राप्तीको योग रहेको छ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रशन्न रहनेछ ।

राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस् ।

[sidebar name="button post"]