३० जेष्ठ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाण्डौ जिल्लामा ४८३, भक्तपुरमा ५८ र ललितपुरमा ११२ जना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
गएको २४ घण्टामा देशभर २ हजार ४०७ जना कोरोना संक्रमित थपिएका छन् भने ४६ जना संक्रमितको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ९९४ जना कोरोना संक्रमणमुक्त भएका छन्।
[sidebar name="button post"]











