२७ जेष्ठ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा बिहीबार थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाण्डौका ५४०, ललितपुरका १२५ तथा भक्तपुरका ९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
हाल देशभर ७७ हजार ८५८ सक्रिय संक्रमित रहेका छन्।












