Ad #144479

१९ जेष्ठ, काठमाण्डौ। काठमाण्डौ उपत्यकामा निषेधाज्ञाको समय थप गर्ने निर्णय गरिएको छ । त्यसका लागि काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् ।

यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेष्ठ २० गतेसम्म पुर्‍याइएको छ । जेष्ठ १३ गतेदेखि किराना पसलहरु पनि बन्द गरिएको छ ।

जेष्ठ २० गतेपछिको निषेधाज्ञा उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ ।

सार्वजनिक निर्माण बन्द हुँदा सामग्री ढुवानीका सवारी–साधन पनि रोकिएका थिए । निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न दिने निर्णय गरिएको उपत्यकाका एक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।