Ad #144479

१७ जेष्ठ, काठमाण्डौ। नेपाली बजारमा गत हप्तादेखि सुनको मूल्य निरन्तर उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत अधिकतम ९४ हजार प्रतितोलामा कारोबार भएको सुनको मूल्य सोमबार थप २०० रुपैयाँ वृद्धि हुँदै ९४ हजार २०० रुपैयाँ पुगेको हो ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदीमा पनि आज प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।