१० जेष्ठ, काठमाण्डौ। नेपाली बजारमा साताको दोस्रो दिन सोमबार पनि सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोलाको ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक सय रुपैयाँले बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेर ९३ हजार २ सय पुगेको छ।
त्यसैगरी आइतबार ५ रुपैयाँले घटेको चाँदीको मूल्य सोमबार ५ रुपैयाँले नै बढेको छ। आज चाँदीको मूल्य तोलाको १३ सय ५० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
[sidebar name="button post"]











