८ जेष्ठ, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा २ हजार ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाण्डौमा १ हजार ८११, भक्तपुरमा १७९ र ललितपुरमा ३२८ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हाल काठमाण्डौमा २० हजार १६६, भक्तपुरमा ४ हजार ६१८ र ललितपुरमा ६ हजार ४४८ जना सक्रिय संक्रमित रहेका छन्।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १२९ जनाले ज्यान गुमाएका छन्।
[sidebar name="button post"]











