Ad #144479

३ जेष्ठ, काठमाण्डौ। नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ। आइतबार एकै दिन प्रतितोला ९०० रुपैयाँले बढेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य थप ३०० रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कायम भएको छ। त्यस्तै आज तेजाबी सुनको मूल्य ९२ हजार ३०० रुपैयाँमा कामय भएको छ ।

त्यस्तै चाँदीको मूल्यमा समेत सोमबार सामान्य वृद्धि भएको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।