Ad #144479

२ जेष्ठ, काठमाण्डौ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेल र हवाई ईन्धनको खुद्रा मूल्यमा रु.२ ले वृद्धि गरेको हो।

वृद्धि गरेको मूल्यसँगै अब पेट्रोल प्रतिलिटर १२३ रुपैयाँ, डिजेलरमट्टितेल प्रतिलिटर १०६ रुपैयाँ र हवाई इन्धन ७८ रुपैयाँ पुगेको छ। एलपी ग्यास र अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा मूल्य भने यथावत रहेको निगमले जनाएको छ।

निगमले भारतीय आयल निगमको स्वचालित मूल्यसूचीअनुसार मूल्य समायोजन गरिएको जनाएको छ। यसपछि पनि निगमलाई पेट्रोलमा रु। ८.५६, डिजेलमा प्रतिलिटर ४.४६ तथा एलपी ग्यासमा प्रति सिलिण्डर ३७५।१३ रुपैयाँ घाटा रहेको जनाएको छ। निगमले यसअघि गत वैशाख ४ गते पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो।