Ad #144479

१ जेष्ठ, काठमाण्डौ। काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाण्डौमा २ हजार १४६, भक्तपुरमा ३४७ र ललितपुरमा ४४४ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार १ सय ६७ जना संक्रमित थपिएका छन् भने १८७ जनाको मृत्यु भएको छ।