१ जेष्ठ, काठमाण्डौ। नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिबार बिहान ओमान प्रस्थान गरेको छ। विमानले ओमानबाट ५ सय ६० वटा अक्सिजन सिलिन्डर लिएर शनिबार साँझ ६ः३० बजेभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ।
गैरआवासीय नेपाली संघ र मस्कटस्थित नेपाली दूतावासको सहकार्यमा सिलिन्डर जुटाइएको हो। ५ सय ६० वटा सिलिन्डरलाई मस्कट अन्तर्राष्ट्रिय विमानस्थलमा पुयाइएको छ।
चार्टर विमानको खर्च भने सरकारले नै बेहोरेको छ।
[sidebar name="button post"]











