३१ वैशाख, काठमाण्डौ।नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा संक्रमण कोरोना पुष्टि भएको छ ।
२१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८४६७ तथा एन्टीजेन विधिबाट ५३ जनामा संक्रमण पुष्टि भएको हो ।यससँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना निको भएका छन् ।
कोरोना भाइरस संक्रमणबाट एकैदिनमा २०३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६६९ हजार पुगेको छ ।
[sidebar name="button post"]









