पहिलो चरणको खोप लगाएर कोभिड संक्रमण हुनेले दोस्रो चरणको भेरोसेल खोप लगाउन नपाउने

३१ वैशाख, काठमाण्डौ । चैत्र २५ गतेपछि कोरोनाविरुद्धको खोप लगाएर संक्रमित भएका र लक्षण देखिएकाले दोस्रो मात्रा खोप नपाउने भएका छन् । खोप लगाएर कोरोना संक्रमण भएका र लक्षण देखिएकाहरुले परीक्षण गर्दा नेगेटिभ आएनि दोस्रो मात्रा खोप लगाउँन नपाउने काठमाण्डौ महानगरपालिकाले जनाएको हो ।

चैत्र २५ गतेदेखि ०७८ वैशाख १५ गतेसम्म कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिइएको थियो । जेठ २ गतेदेखि चिनियाँ भेरोसेल खोपको दोस्रो मात्रा दिने काठमाण्डौ महानगरपालिकाले जनाएको छ । जेठ २ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने खोप अभियान प्रत्येक वडामा खोप केन्द्र तोकिएको छ।

​२०७७ चैत २५, २६, २७ र २८ गते कोरोनाविरुद्धको पहिलो मात्रा भेरोसेल खोप लगाएका नागरिकले जेठ २ गते दोस्रो मात्रा पाउनेछन् । चैत २९ र ३० गते पहिलो खोप लिएकालाई जेठ ३ गते, २०७७ चैत ३१ र २०७८ वैशाख २ गते पहिलो खोप लगाएकाले जेठ ४ गते, वैशाख ३ र ४ गते लगाएकाले जेठ ५ गते, वैशाख ५ र ६ गते पहिलो खोप लगाएकाले जेठ ६ गते खोप लगाउने जनस्वास्थ्य कार्यालय काठमाण्डौले जनाएको छ

त्यस्तै वैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएले जेठ ७ गते, वैशाख ११ र १२ गते पहिलो खोप लिएकाले जेठ ८ गते, वैशाख १३, १४ र १५ गते पहिलो मात्रा लगाएकाले जेठको ९, १० र ११ गते चिनियाँ भेरोसेल खोप दोस्रो मात्रा पाउने छन् । चीन सरकारको अनुदान सहयोगमा नेपालले कोरोनाविरुद्धको ८ लाख मात्रा भेरोसेल खोप प्राप्त गरेको हो ।

[sidebar name="button post"]