शुक्रबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो

३१ वैशाख, काठमाण्डौ। नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा स्थिरता आएको छ ।

शुक्रबार गत बिहीबारकै मूल्य कायम हुँदै सुन प्रति तोला ९१ ह्जार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि गत बिहीबारकै प्रति तोला ९१ ह्जार १०० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्यमा भने शुक्रबार सामान्य गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारको तुलनामा प्रति तोला ५ रुपैयाँले गिरावट आउंदै आज चाँदी एक हजार ३३० रुपैयाँ कायम भएको छ ।

[sidebar name="button post"]