३० वैशाख, काठमाण्डौ। एमाले अध्यक्ष केपी शर्मा ओली पदमुक्त भएको तीन दिनपछि नै फेरि प्रधानमन्त्री नियुक्त भएका छन् ।
बिहीबार राति राष्ट्रपतिले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । सपथ ग्रहण भने भोलि (शुक्रबार) दिउँसो साढे २ बजे हुने शीतलनिवासले जनाएको छ ।
वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए । तर, वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयसीमाभित्र काँग्रेस–माओवादीले वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको हैसियतमा ओली पुनः संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।

[sidebar name="button post"]









