२९ वैशाख, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज छापावाल सुन तोलामा ३०० रूपैयाँले घटेर ९२ हजार रूपैयाँ कायम गरिएको छ ।
त्यस्तै तेजाबी सुन आज ९१ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य आज स्थिर छ । चाँदी आज पनि १ हजार ३४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
[sidebar name="button post"]









