२८ वैशाख, काठमाण्डौ। सरकारले नेपाल-भारत बाहेक अन्तर्राष्ट्रिय नियमित उडान जेठ १७ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। मंगलवार पर्यटन मन्त्रालयमा भएको छलफलले नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध १७ जेठ ‘३१ मे २०२१’ सम्म लम्बिएको हाे ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सबै वायुसेवा कम्पनीलाई दिएकाे जानकारी अनुसार यो अवधिमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीले अत्यावश्यक चार्टर र कार्गो उडान भने गर्न पाउने छन्।
यसैबीचमा भारतसँग सातामा दुई उडान भने निरन्तर रहने छ । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न यसअघि सरकारले वैशाख मसान्तसम्म सेड्युल उडानमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको थियो ।
अन्तर्राष्ट्रिय उडान लम्बिएपछि वैदेशिक रोजगारीमा जाने र त्यहाँबाट र्फकने नेपाली प्रत्यक्ष प्रभावित भएका छन्। नेपालमा पर्वतारोहणको सिलसिलामा रहेका विदेशी पर्यटकको समेत यात्रा प्रभावित हुने भएको छ ।










