२८ वैशाख, काठमाण्डौ। नेपाल वायुसेवा निगमको वाईडबडी A330 विमान चीनको राजधानी बेइजिङ गएर करिब ३० टन अक्सिजन सिलिण्डरसहितका सामाग्री लिएर भर्खरै काठमाडौं अवतरण गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज चार सय थान अक्सजिन सिलिन्डर चीनबाट नेपाल ल्याइएको जानकारी दिएको हो । बाँकी सिलिन्डर क्रमशः ल्याइने मन्त्रालयले जनाएको छ ।
अक्सिजन सिलिण्डर लिनका लागि नेपाल वायुसेवा निगमको वाइड बडी ए३३० विमान चीन गएको थियो । विमानले अक्सिजन सिलिण्डरका साथै १६० अक्सिजन कन्सर्नटेटर, १० थान भेन्टीलेटर गरि करिब ३० टन सामान लिएर फर्किएको हो ।
अन्य सामग्री तयार हुनासाथ लिन जानका लागि विमान तयारी अवस्थामा राखिने निगमले जनाएको छ । चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये ४ सय आज आएको हो।
[sidebar name="button post"]









