बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

२८ वैशाख, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ सोमबार ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्‍य मंगलबार ९२ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजाबी सुनको प्रतितोला मूल्‍य ९१ हजार आठ सय रुपैयाँ छ । हिजो तेजाबी सुनको कारोबार मूल्य ९१ हजार पाँच सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्‍य भने तोलामा १५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

[sidebar name="button post"]