Ad #144479

२५ वैशाख, काठमाण्डौ। सन् २०२२ को अमेरिकन डाइभर्सिटी भिसा (डीभी) को नतिजा आज राति सार्वजनिक हुने भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्‍जाल फेसबुकमार्फत आज बैशाख २५ गते शनिबार नेपाली समयअनुसार राति ९:४५ बजे डिभीको नतिजा सार्वजनिक हुने जनाइएको छ ।

दूतावासको ट्विटमा भनिएको छ, “आज मे ८ अर्थात वैशाख २५ गते नेपाली समयअनुसार रातिको ९:४५ बजेबाट डिभी २०२२ का लागि तपाईंले दिनुभएको आवेदनको नतिजा हेर्न सकिनेछ, र नतिजा हेर्न आवेदन दिंदा तपाईंलाई उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्नेछ। छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी उक्त साइटमा नै उपलब्ध छ। याद गर्नुहोला, दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले तपाईंलाई डिभी कार्यक्रममा छनौट भएको भन्ने व्यहोराको ईमेल पठाउँदैनन्।”

डीभीको नतिजा https://dvprogram.state.gov/ मा गएर हेर्न सकिन्छ ।