उपत्यकामा एकै दिन थप ३ हजार ८९३ कोरोना संक्रमित थपिए

२१ वैशाख, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा एकै दिन थप ३ हजार ८९३ कोरोना संक्रमित थपिएका छन् ।

काठमाण्डौका २ हजार ७७९, ललितपुरका ५१३ र भक्तपुरका ६०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ७ हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५५ जनाको मृत्यु भएको छ ।

[sidebar name="button post"]