कोरोना संक्रमणका कारण एकैदिन ५५ जनाको मृत्यु, थप ७६६० जनामा संक्रमण पुष्टि

२१ वैशाख, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ७६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १७७५ रहेको छ ।

[sidebar name="button post"]