उपत्यकामा एकैदिन थप ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि

२० वैशाख, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाण्डौमा २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर थप ७ हजार ४४८जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ ।

[sidebar name="button post"]