२० वैशाख, काठमाण्डौ। कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि बिहीबारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द हुने भएका छन् ।
वैशाख २३ गते ‘बिहीबार’ राति १२ बजेबाट लागू हुने गरी सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिने मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले निर्णय गरेको हो ।
भारत र नेपालबीच एयर बबल स्किमअनुसार भारतसँगको उडान भने सातामा दुई वटा कायम रहने भएको छ । यहाँबाट आउने यात्रु १० दिन क्वारेन्टाइनमा बस्नु पर्ने निर्णय भएको छ ।
अत्यावश्यक अवस्थामा अनुमति लिएर चार्टर्ड उडान भने गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
[sidebar name="button post"]









