१९ वैशाख, काठमाण्डौ। जिल्ला प्रशासन कार्यालयले साेमबारदेखि निषेधाज्ञामा थप कडाइ गर्ने भएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र ‘डीसीसीएमसी’ बैठकले यस्तो निर्णय गरेको हो ।
सोमबारदेखि बिहान १० बजेसम्म मात्र अत्यावश्यक पसलहरु खोल्न अनुमति दिने निर्णय गरेको छ । यसअघि बेलुका ५ बजेदेखि ७ बजेसम्म पसल खोल्न अनुमति दिएकोमा अब ‘बैंक तथा वित्तिय संस्थाको अनावश्यक मुभेन्टलाई रोक्ने र बेलुकापख पसल खोल्न नदिने निर्णय गरेको हो ।
काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार मास्क नलगाउनेलाई समेत होल्डिङमा राखेर जरिवाना गर्ने निर्णय गरिएको बताए ।
साथै, पत्रकारको प्रेस पासको हकमा सम्बन्धित संचारमाध्यमले उपलब्ध गराएको सूची हेरेर मात्र निर्णय गरिने प्रजिअ पराजुलीले बताएका छन्।
[sidebar name="button post"]









