१९ वैशाख, काठमाण्डौ। काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा थप तीन हजार ५९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
काठमाण्डौ जिल्लामा दुई हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर गत २४ घण्टामा सात हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।












